Wednesday, May 8Nepal News Portal
Shadow

कपाल झर्ने र फुल्ने समस्याबाट ग्रसित हनुुहुन्छ ? यसो हो भने खानुहोस् यी खानेकुरा समस्याबाट मूक्त


एजेन्सी, कपाल झर्ने समस्या अधिकांश महिला तथा पुरुषहरुको निकैनै ठुलो समस्या हो हो । अझ उमेर नपुग्दै कपाल फुल्दा सबैलाई चिन्ता मात्र थपेको छैन, बैशमै सौन्दर्य गुमाउन बाध्य छन् । कपाल झर्न थालेपछि रोक्न विभिन्न उपाय अपनाइन्छ । हामीले खाने खानाले पनि कपालसँग महत्वपूर्ण सम्बन्ध राख्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । केही खानेकुरा छन् जसले कपालको जरा कडा बनाउनुका साथै समय नपुगी कपाल फुल्नबाट जोगाउँछन् ।

पालकको सागः फलामको कमिले पनि अधिकांश महिला तथा पुरुषको कपाल झर्ने गर्छ । मासिक धर्म रोकिएपछि कतिपय महिलामा यस्तो समस्या देखिन्छ । पालकको सागमा पर्याप्त मात्रामा फलाम र भिटामिन हुन्छ जसले कपाललाई स्वस्थ तथा कडा बनाउँछ र उमेर नपुगी कपाल झर्नबाट बचाउँछ ।

गाजरः गाजरमा बेटा क्यारोटिन र भिटामिन ए प्रशस्त हुन्छ जसले कपाल बृद्धि गर्न बचाउनुका साथै कपालका जराहरुलाई बलियो बनाई झर्न बाट बचाउछ । तसर्थ नियमित रुपमा दैनिक दुईटा गाजर खाँदा कपाल झर्नबाट जोगिन सकिन्छ ।

अण्डाः अण्डामा प्रशस्त मात्रामा प्रोटिनको मात्रा हुन्छ । त्यस्तै अन्डामा हुने बायोटिनले कोषहरुलाई प्रबद्र्धन गर्नुका साथै कपाल झर्नबाट बलियो बनाउँछ । कपालको सुरक्षा र कपालको मजबुत जरा तथा आकर्षक कपालको लागि बायोटिन (भिटामिन बी) अनिवार्य भएको जनावरहरुमाथि गरिएका विभिन्न अध्ययनले पुष्टि गरेको छन्।

ओखरः बायोटिन र भिटामिन बी हुने एक मात्र ‘नट’ हो ओखर । ओखरले तालुमा पर्याप्त भिटामिन दिनुका साथै समय नपुगी कपाल झर्नबाट बचाउनुका साथै कपालको जरालाई बलियो बनाउँछ ।

दहीः भिटामिन बीयुक्त दही स्वास्थ्य र कपालका लागि महत्वपूर्ण मानिन्छ । कपालका जरा बलियो बनाउन, कपाल आर्कषक र बलियो बनाउन दहीले महत्वपूर्ण भूमिका खेल्ने जनावर सम्बन्धी गरिएका विभिन्न अध्ययनले खुलासा गरेका छन् ।

Total Page Visits: 1036 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्