Saturday, May 18Nepal News Portal
Shadow

खाली सिलिन्डर सम्बन्धित उद्योगमा फिर्ता गर्न अक्सिजन ग्यास उत्पादक संघकोआग्रह


काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघले खाली भएका र प्रयोगविहिन रहेका अक्सिजन सिलिन्डर सम्बन्धित उद्योगमा बुझाउन आग्रह गरेको छ । संघले एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमितलाई अक्सिजनको आवश्यकता परिरहेकाले खाली तथा प्रयोगविहिन सिलिन्डर फिर्ता गर्न आग्रह गरेको हो ।

खाली सिलिन्डरमा अक्सिजन रिलिफ गरि विभिन्न अस्पताल, मेडिकल, अक्सिजनाको आवश्यकता पर्ने बिरामीलाई उपलब्ध गराउने ग्यास उत्पादक संघको भनाई छ ।

संघमा आवद्ध रहेका कान्तिपुर अक्सिजन, सगरमाथा अक्सिजन, अक्सिटेक अक्सिजन, नव ज्योती ग्यास अक्सिजन, हाम्रो अक्सिजन प्रालिमा सिलिन्डर बुझाउन सकिने छ । त्यस्तै सोपान फर्मास्युटिकल्स, हिमाल अक्सिजन, सिता अक्सिजन, शंकर अक्सिजन प्रालिमासमेत सिलिन्डर बुझाउन संघले आग्रह गरेको छ ।

Total Page Visits: 995 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्