Saturday, May 18Nepal News Portal
Shadow

प्रतिबोरा २५ले बढ्यो सिमेन्टको मूल्य


काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) ले उत्पन्न निषेधाज्ञाकै बेला सिमेन्टको मूल्यवृद्धि भएको छ । निषेधाज्ञा भएको एक सातामै प्रति बोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि भएको हो ।
अहिले सिमेन्ट मात्रै होइन निर्माणजन्य सम्पूर्ण सामग्रीहरुको मूल्य वृद्धि भएको छ । फलामजन्य निर्माण सामग्री अन्तर्गत विभिन्न साइजका डण्डी, जी आई तार, ग्याल्विन तार, पाइप लगायतका सामग्रीहरुको मूल्यवृद्धि भएको छ भने अन्य खानीजन्य निर्माण सामग्रीको मूल्य पनि अत्याधिक मात्रामा वृद्धि भएको छ ।

निर्माण सामग्रीको मूल्यवृद्धिसँगै कृतिम अभाव भएपछि निर्माणका कामहरु ठप्प भएको निर्माण व्यवसायीहको गुनासो रहेको छ । महामारीको समयमा नै उद्योगीहरुले मिलोमतोमा मूल्यवृद्धि तथा कार्टेलिङ गरेको आरोप निर्माण व्यवसायीहरुले लगाएका छन् ।

उनीहरुका अनुसार अहिले निर्माणजन्य सामग्रीको अभावसँगै फलामजन्य सामग्रीमा प्रतिकेजी २० रुपैयाँ र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ मूल्यवृद्धि भएको छ ।
यस्तो विषय परिस्थितिमा पनि सामग्रीको कृतिम अभाव र मूल्यवृद्धि भएपछि मूल्यवृद्धि रोक्न निर्माण व्यवसायीहरुले वाणिज्य तथा आपुर्ति उपभोक्ता हित संरक्षण विभागलाई मूल्यवृद्धि रोक्न भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।

Total Page Visits: 1086 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्