Saturday, May 18Nepal News Portal
Shadow

प्रदेश न. १ मा तीनजना मन्त्रीले दिए राजीनामा


काठमाडौं, पुस १२ (ससं)। प्रदेश १ मा तीनजना मन्त्रीले राजीनामा दिएका छन्।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका हुन्।

नेकपामा ओली समूह र प्रचण्ड–नेपाल पक्ष औपचारिकरूपै विभाजित भएपछि त्यसको प्रभाव प्रदेशहरूमा पनि देखा परेको छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ओली पक्षका हुन्। उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–नेपाल पक्षले गरेका छन्।

यसअघि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरिएको थियो।

Total Page Visits: 560 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्