काठमाडौं, २२ कार्तिक (ससं) । गत २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ५५ हजार ११४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हाल ३५ हजार ४३५ छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।
मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १५ लाख २७ हजार ७६६ परीक्षणहरु गरिएका छन् ।