Monday, May 20Nepal News Portal
Shadow

किसानलाई पेन्सन दिन माग



काठमाडौं । अखिल नेपाल किसान महासंघले किसानलाई पेन्सन सुविधा माग गरेको छ । भरतपुरमा आयोजित महासंघको राष्ट्रिय भेलामा केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले सरकारी जागिरमा जस्तै किसानलाई पनि पेन्सन सुविधा दिनुपर्ने बताए । राष्ट्रलाई योयदान गरेको भन्दै जागिर खानेलाई सरकारले पेन्सन दिने तर किसानलाई वेवास्ता गरेको उनको भनाइ छ । उनले भने, ‘जीवनभर रगत–पसिना सिञ्चित गरेर अर्थतन्त्र उकास्ने किसानलाई पनि अब पेन्सन दिनुपर्छ, किसान आन्दोलनको मुख्य माग नै यही हो ।’

उनले किसानको वर्गीकरण, सूचीकरण गरेर परिचयपत्रको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । ‘अब क्रेडिट, स्मार्ट कार्ढ किसानलाई दिनुपर्छ’, उनले भने, ‘राज्यका अनुदान परिचयपत्रका आधारमा वितरण हुनुपर्छ ।’

उनले धानको मूल्य समेत बढाउन माग गरेका छन् । सरकारले गत वर्षको तुलनामा १७ रुपैयाँ मात्रै बढाएर धानको मूल्य तोकेको भन्दै उनले गत वर्षभन्दा कम्तिमा २५ प्रतिशत बढाएर धानको मूल्य तोक्न सुझाएका छन् । मूल्य परिमार्जन नगरे आन्दोलनमा उत्रने उनले चेतावनी दिए । उनले सबै खाद्यवालीको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने बताए । मलको हाहाकारलाई छिटै सम्बोधन गरेर सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने उनले बताए ।

किसान आन्दोलनलाई अब निर्णयक तहमा पुर्याएर कृषिमा क्रान्ति गरिने उनको दाबी छ ।

राष्ट्रिय भेलाको एमाले स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले उद्घान गरेका हुन् । भेलालाई सम्बोधन गर्दै नेता बादलले कृषि क्षेत्रमा देखिएको विचौलिया प्रवृत्ति हटाउनुपर्नेमा जोड दिए ।

Total Page Visits: 1000 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्