Monday, May 20Nepal News Portal
Shadow

‘भिटामिन बी’ यी खानेकुरामा पाइन्छ


भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो। स्वस्थ रहन तथा शरिरलाई सुचारु रुपमा चलाउन भिटामिन्स र माइक्रोन्यूट्रियन्टको जरुरी हुन्छ। भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ।

किन चाहिन्छ भिटामिन बी कम्प्लेक्स
भिटामिन बी कम्प्लेक्सले शरिरमा मोटाबलिज्म बढाउछ। मोटाबलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ। यसले डिएनए बनाउने काम पनि गर्छ। राता रक्तकोष निमार्ण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ। यसले शरिरको बिभिन्न भागका लागि प्रोटीन बनाउने काम पनि गर्छ।

भिटामिन बी को कमी भएमा के हुन्छ?
हातखुट्टा झमझम गर्ने
हातखुट्टा पोल्ने
स्मरण शक्ति हराउँने
कमजोरी महसूस हुने
थकान
डिप्रेशन

भिटामिन बी कम्प्लेक्सको स्रोत
मासुजन्य पदार्थ
दूधजन्य पदार्थ (दूध, दही,पनीर, चीज आदी)

जमिन भित्र फल्ने फल (आलू, गाजर, मूला, सलगम, तरुल आदी)

 

Total Page Visits: 583 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्