Monday, May 20Nepal News Portal
Shadow

नरिवलको तेलबाट छालाको समस्या समाधान


काठमाडौं । हाम्रो भान्सा भान्सामा र घरमा नरिवलको तेल लामो समयदेखि प्रयोग हुँदै आएको छ ।नरिवलको तेल छालाका लागि निकै राम्रो मानिन्छ । यसले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । नरिवल तेल प्राकृतिक मोइस्चराइजरको रूपमा प्रयोग गर्न सकिन्छ ।

नरिवल तेल खानपानदेखि लिएर सुन्दर अनुहार र बलियो कपालसम्म नरिवलको तेलको माग धेरै हुन्छ । तर, स्वास्थ्यको दृष्टिकोणले पनि यो निकै फाइदाजनक छ ।घरमै क्लिजिङ गर्न पनि नरिवलको तेल प्रयोग गर्न सकिन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाएर अनुहारमा लगाउँदा छाला सफा हुन्छ ।

त्यस्तै छालाको चाउरीपना हटाउन पनि नरिवलको तेलमा बेसार र दूध मिसाएर लगाउन सक्छौँ ।

नरिवलको तेलमा भिटामिन ई क्याम्पसुल मिसाएर प्रयोग गर्दा छाला चम्किलो हुन्छ ।

स्किनलाई हाइड्रेट राख्न पनि हामी नरिवल तेलको प्रयोग गर्न सक्छौं ।

Total Page Visits: 704 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्