समय सबैभन्दा महत्वपूर्ण भएकाले हामीले सँधै समयअनुसार चल्न सिक्नुपर्छ । समयसँगै चल्न सिक्यौँ भने हाम्रो जीवन हामीले सोचेको भन्दा राम्रो हुन सक्छ । जस्तै, पढ्ने समयमा हामी नपढीँ अरूमा नै समय खर्च गर्न थाल्यौँ भने त्यो समयको सदुपयोग नभई दुरुपयोग हो । सदुपयोग गलत भयो । हामीले कुन समयमा के गर्ने भन्ने कुरा जान्नुपर्छ । जस्तै पढ्ने बेलामा पढ्ने, खेल्ने बेलामा खेल्ने, काम गर्ने बेलामा काम गर्ने हामीले तालिका बनाउँनु पर्छ । त्यसो गरेमा हाम्रो समयको पक्कै पनि सदुपयोग हुँन सक्छ ।
संसार समयको भरमा चलेको छ । समयले न त हामीलाई पर्खिन्छ न त अघि जान्छ । बस समय त आफ्नै गतिमा चलिरहन्छ । समयले जता लैजान्छ हामी त्यहि जान्छौँ । जस्तै रातमा सुत्छौँ, बिहान उठ्छौँ अनि दिनमा आफ्नो काममा व्यास्त हुन्छौँ । हामी जस्तो सुुकै काम गर्न पनि समय कै भर परेका हुन्छौं । जस्तै, स्कुल जाने समय कतिबेला हो, घर आउने समय कतिबेला हो, हामीले बुज्नुपर्छ ।
हामी जन्मदेखि मृत्युसम्म समयकै भरमा हिडिरहेका हुन्छौँ । जस्तैः धेरै पढेर बाहिर देश जान मन छ भने पनि हामी समयलाई नै पर्खिएर बसिरहेका हुन्छौँ । अब हामी आफ्नै जीवनको कुरा गर्ने हो भने पनि आमा बाबासँग यो किनिदिनु न भन्छौँ उहाँहरूसँग पैसा छ भने त किनिदिहाल्नुहुन्छ, छैन भने पैसा छैन । काम गरेको ठाउँमा पैसा आउने समय भएको छैन । आएपछि किनिदिन्छु भनिदिनुहुन्छ । यो पनि समयको पर्खाई होइन र ? हामीले समय बुझेर काम गर्न सक्नुपर्छ । समयलाई पर्खिन सक्नुपर्छ । समयलाई पर्खिन सक्यौँ भने हाम्रो जीवन सुखी हुन्छ । यदि हामीले समयलाई बुझेर काम गरेनौँ भने हामीले जीवनभर दुःख पाउछौं । त्यसैले हामी समयसँगै चल्न सिक्नुपर्छ । समय एक चोटि आउछ फेरी कहिल्यै आउँदैन । बेलैमा यसको महत्व बुझ्न सक्नुपर्छ ।
समयको राम्रो सदुपयोग गर्न सिक्नुपर्छ । हामी खुसी छौँ त केबल समयको सदुपयेग गररे हो । दुःखी छौँ त बेलैमा समयको महत्व नबुझेर । जे गर्छ समयले गर्छ । त्यसैले समयप्रति भरोसा गर्न सक्नुपर्छ । एकदिन अवस्य गन्तव्यमा पुगिन्छ । हाम्रो अहिले पढ्ने समय हो । हामी पढ्नु पर्छ । पक्कै पनि समयले हामीलाई असल मान्छे बनाउने छ । तर, हामीले समयसँगै हाम्रो व्यावहारमा परिवर्तन गरी सकारात्मक सोचको विकास गर्न आवश्यक छ । त्यसको लागि समय व्यवस्थापन गरेर व्यावहारिक शिक्षा अध्ययन पनि गर्नु पर्ने हुन्छ ।
(लेखक गुहेश्वरी माध्यमिक विद्यालय कक्षा–७ मा अध्ययनरत छिन्)