Thursday, May 2Nepal News Portal
Shadow

खुशीले भरिएको दशैं


 

सुनिता बुढाथोकी । दशैं एउटा हिन्दुहरुको महान चाड पर्व हो । दशैलाई हामी असत्यमाथि सत्यको विजय भएको सन्दर्भका रुपमा मान्छौँ । दशैंको टिका आउनु ९ दिन अघि घरमा जमरा राखिन्छ । दशै मा नव दुर्गा भवानीको पूजा गरिन्छ । दशै आउनु अघि नै सबको घर घरमा रङ लगाउन सुरु हुन्छ । गाउतिर माटोले र गोबरले घर लिप्छन् । यसलाई हामीले विजय दशमी वा बढा दशै पनि भन्ने गर्दछौँ । समाजमा बडा दशै को विशेष महत्व रहेको छ । दशैमा ठूला लाई भन्दा साना केटाकेटीहरुलाई बढि चाँसो हुन्छ । उनीहरु कहिले दशैं आउला भनेर कुरेर बसेका हुन्छन् । कतिपय दाजु दिदिहरु विदेशी भूमीमा भएर पनि आफ्नो चाडलाई सम्झि रहेका हुन्छन् । भाई तथा दिदि बहिनीहरु बिदेशमा हुन्छन् तर पनि आफ्नो महान पर्वलाई विदेश मै भए पनि सम्झिरहेका हुन्छन् । हिन्दुहरुले दशैं खुसीका साथ मनाउँछन् । हिन्दुहरु मात्र नभएर अन्य विभिन्न जाति र धर्महरुले पनि टिका नलगाए पनि रमाइलोमा सामेल भने भएका हुन्छन् ।

नेपालीहरु दशैंमा लिङ्गे पिङ खेल्छन्, टिका लगाउँछन् चेलीहरु आ–आफनो माइती जान्छन् टिका लगाउछन् आफु भन्दा ठूला बढाको आर्शिवाद लिन्छन् र मिलिजुली दशैं मनाउछन् । सबैका घरमा मासु अथवा अन्य विभिन्न परिकारहरु हुन्छन् । कसैको घरमा चेली बेटी नभएपनि छर छिमेका भएपनि बोलाएर टिका लगाइ दक्षिणा दिन्छन् । आफ्नो घर मात्र नभएर छर छिमेक र एउटा समुह मिलेर भोज लगाछन् । एक दिन एउटा र अर्को दिन अर्कोको घरमा भोज लगाई रमाइलो गर्छन् ।नाचगान गर्छन् । दशै ५दिन सम्म मनाउँछन् । दशैमा टाढा भएका आफन्तहरुसँग भेटघाट हुन्छ शुभकामाना दिन्छन् उनीहरु एक अर्कामा अत्यान्तै खुसि हुन्छन् । आफ्नो खुशीहरु एकअर्कामा साटासाट गर्छन् । झन् साना बच्चाहरु त दसैं भन्न साथ अत्यन्तै खुसी हुन्छन् । बच्चाहरु आफ्ना बुबा ममीसँग घुम्न जान्छन् । मामा घर जान्छन् टिका लगाउछन् । नयाँ नयाँ कपडा लगाउँछन् । उनीहरु खुसीका साथ पिङ खेन्छन् । ठूला ठूला दाजु, दिदि, हजुरआमा, हजुरबासगँ, आमा, बाबा सबै भेट घाट भएर रमाइलो गरेर टिका लगाउछन् । दशैंको साइतमा मिठो धुनसँगै सुरु हुन्छ टिका लगाउन ।

दशैमा जात जाती अनुसार टिका को रङ पनि फरक फरक हुन्छ । दशैं भनेको सबैले आ–आफ्नो दुःख बिर्सेर खुसि हुने र आफनो परिवारलाई नयाँ नयाँ लुगा किनदिने र आफनो आफन्तलाई घर मा बोलाएर मिठो मिठो खाने कुरा खुवाउने दिन हो । र त्यो खाली निधारमा रातो टिका लगाई आर्शिवाद दिइने र लिने दिन हो । आफ्नो दुःख बिसाई रमाइलो गर्ने दिन हो । यस्तो भने चलन छ कि दशैको दिनमा भुई छोड्नुपर्छ भनेर पिङ खेल्छन् । दशैंको बेलामा गाउँ घर नै खुसी हुन्छ । अरु बेला घर सुन्ने हुन्थे भने दशैको बेला गाउँघर उज्यालो हुन्छ । आफ्नो घरका छोरा छोरी काही टाढा गएका छन् भने वर्षमा एक दिन घरमा सबै परिवार हुन्छन् । त्यसैले दशैं मेरा, हाम्रा, हामीसबैका लागि खुशीको दशैं हो ।

अन्तिमा हामी सबैले रमाइलोका साथ दशैं मनाऔं । बडा दशैं २०७९ सालको सम्पूर्ण नेपालीहरुमा धेरै धेरै शुभकामना ।

(लेखक गुहेश्वरी माध्यमिक विद्यालय कक्षा–७ मा अध्ययनरत छिन्)

Total Page Visits: 1541 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्