Friday, May 17Nepal News Portal
Shadow

२० मेगावाटको बलेफीमा साढे ३ अर्ब ऋण लगानी


काठमाडौं । २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

साझा पावर डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी सम्झौता भएको हो।

सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण हुने २० मेगावाटको आयोजनाको अनुमानित लागत चार अर्ब ४० करोड रूपैयाँ रहेको छ।

७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीमा आयोजना निर्माण हुनेछ।

रिडी पावर कम्पनीले मुख्य लगानीमा निर्माण हुने आयोजनामा कुमारी बैंकले एक अर्ब ५० करोड रूपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ। बाँकी १ अर्ब ८० करोड रुपैयाँ ऋण लगानीका लागि कुमारी बैंकले नै अन्य बैंकसँग प्रस्ताव गर्नेछ।

यही असारबाटै आयोजनाको निर्माणमा जाने कम्पनीका प्रबन्ध सञ्चालक कुवेरमणि नेपालले जानकारी दिए।

वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रति युनिटका दरले विद्युत खरिदबिक्री सम्झौता भएको आयोजनाले वार्षिक १० करोड ५३ लाख युनिट विद्युत उत्पादन गर्नेछ।

आयोजनाबाट वर्षायाममा ७ करोड २६ लाख ८४ हजार युनिट अर्थात् ३४ करोड ८८ लाख रुपैयाँ र हिउँदमा ३ करोड २६ लाख २१ हजार युनिट अर्थात् २७ करोड ४० लाख रूपैयाँ गरी ६२ करोड रुपैयाँ बराबरको ऊर्जा उत्पादन हुनेछ।

असार ५ गते भएको वित्तीय व्यवस्थापनमा आयोजनाका तर्फबाट कम्पनीका अध्यक्ष सञ्जिव न्यौपाने र प्रवन्ध सञ्चालक कुवेरमणी नेपाल तथा बैंकका आयोजना लगानी प्रमुख भुषण तण्डुकारले हस्ताक्षर गरेका छन्।

Total Page Visits: 148 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्