काठमाडौं । आज सातवटै प्रदेशका केही स्थानमा पानी पर्ने भएको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दीएको छ ।
प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।