Monday, May 20Nepal News Portal
Shadow

नुवाकोटका शक्तिपीठ र मन्दिरहरुमा सर्वसाधारणलाई निषेध


काठमाडौं, ३० असोज (ससं) । नुवाकोट जिल्लाभित्रका सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पुजा बाहेक दर्शनका लागि सर्वसाधारणहरुलाई प्रवेश निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले दशैंमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा स्थापना गरिने दुर्गा भवानीको पण्डालमा सर्वसाधारणको भिड भई कोरोना संक्रमण फैलने भन्दै प्रशासनले यो वर्ष सर्वसाधारणलाई दर्शका लागि रोक लगाइएको शुक्रबार सूचना मार्फत जानकारी गराएको हो ।

शक्तिपीठ र मन्दिरहरुमा नित्य पूजामात्र गर्न दिईने छ । सूचनामा भनिएको छ, ‘जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुका साथै स्थापना गरिने दुर्गा भवानीको पण्डालमा सर्वसाधारणहरुको भिड अत्याधिक हुन गई कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना भएकोले जिल्लाभित्रका सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजा बाहेक दर्शनका लागि सर्वसाधारणहरुलाई प्रवेश निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सूचनाको वर्खिलाप गर्ने जो केहीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनाम उल्लेख छ ।

Total Page Visits: 511 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्