Monday, May 20Nepal News Portal
Shadow

मुस्ताङका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि पाए ९४ करोड रुपैयाँ अनुदान


काठमाडौं। सङ्घीय सरकारबाट मुस्ताङ जिल्लाका स्थानीय तहहरूले आगामी आव २०७९÷८० का लागि ९४ करोड रुपैयाँ अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले रु ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शीर्षकमा ७९ करोड तीन लाख रुपैयाँ र पूँजीगततर्फ १४ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन् । स्थानीय तहहरूले सङ्घीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन् । मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन् ।

Total Page Visits: 901 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्