Thursday, May 2Nepal News Portal
Shadow

विद्यार्थी जीवन अनि पढाईको महत्व


सुनिता बुढाथोकी

विद्यार्थी जीवनको महत्व सबैजनालाई थाहा नै छ होला । थाहा हुनुपर्छ पनि । तर, के तपाईले विद्यार्थी जीवनको महत्व बुझेर पढ्नु भएको होला त । पक्कै पनि पढ्नु भएको होला यदि विद्यार्थी जीवनको महत्व नबुझी पढ्नु भएकोहरुले पनि अहिलेनै बुझेर पढ्न खोज्नु हुन्छ होला । अनि विद्यार्थी जीवन एक पटक आउँछ फेरी फेरी आउँदैन भन्ने कुरा पनि सबैलाई थाहाँ नै भएको कुरा हो । त्यसैले विद्यार्थी जीवनको महत्व सबैले बुझेर पढ्नुपर्छ । जसले विद्यार्थी जीवनको महत्व बुझेर पढ्नु भएको छ उँहाहरुले राम्रो काम , राम्रो जीवन ,इज्जत र खुसी जीवन पाउनु भएको छ अथवा पाउँनुहुनेछ । यो सबै कुरा विद्यार्थी जीवनको महत्व बुझेर हुन्छ । तर जसले विद्यार्थी जिवनको महत्व बुजदैन उसको जीवन अन्धकारमय बन्न जान्छ त्यसैले हामीले विद्यार्थी हुँदानैविद्यार्थी जीवनको महत्व बुझेर पढ्नुपर्छ ।

अहिले सबै जना पैसाको पछाडी हिडेका छन् । तर, पैसाको पछि दौडिनुभन्दा पढाईको पछि दौडिदा राम्रो हुन्छ । पढाई भयो भने पैसा कमाउँन पनि सजिलो हुन्छ । तर पढाई मात्र भएर पनि हुँदैन उसमा काम गर्ने जाँगर र कला हुन जरुरी हुन्छ । पढई छ भने काम पनि राम्रो पाइन्छ । मान्छेले पनि मान्छन् । त्यसैले हामीले पढ्न कहिले पनि छाड्नु हुँदैन । काम सँगसँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिन जरुरी छ ।

तपाईले कहिँ कतै बच्चाले काम गरेको देख्नु भएको छ ? पक्कै पनि देख्नु भएको होला । तर, के तपाईले उसलाई सोध्नु भएको छ त किन यति सानो उमेरमा गाह्रो काम गरिरहेको छ भनेर ?सोध्नु भएको भए पनि सबैले आफ्नो कुरा सुनाउलान् । कसैले भन्लान् घरमा आर्थिक अभाव भएर । कसैले भन्लान् काम गरर आँफै पैसा कमाउँनको लागि । तर,मैले एक जना मेरै उमेर समूहको एक जना केटालाई सोधे तिमिले पढ्न छाडेर किन यस्तो काम गरिरहेको ? उसले भन्यो,‘म गाउँको विद्यालयमा कक्षा १० मा पढ्छु । यो वर्ष मेरो एसइइ छ ।’
मैले फेरी सोधे झन् एसइइको समयमा त झनै पढ्नुपर्ने हैन र ? के तिमिलाई पढ्न मन लाग्दैन ? उसले भन्यो, ‘पढ्न त मन लाग्छ । तर, घरमा आर्थिक अभाव भएकोले म गाउँ बाट सहर काम गर्न आएको हुँ । काम गरेभने पढ्नको लागि मसँग पैसा त हुन्छनी । त्यसैले गाउँबाट यहाँ काम गर्न आएको हुँ । जब मेरो एसइइ आउँछ तब म गाउँ जान्छु । संसारमा पढाइ भन्दा ठूलो केही छैन ।

हामी आफैँले नै हेरम न हामी कहीँ घुम्न जाँदा कति बच्चाहरु बाटोमा भिक माग्न बसेका हुन्छन् । यदि उनीहरुका बाबुआमाले राम्रो शिक्षा दिएका भए उनीहरु पनि पढ्थे होलान् । हामीले त पढ्न पाएका छौनित्यसैले हामीले समयलाई खेर जान नदिई पढाईको विद्यार्थी जीवनको महत्व बुझेर पढ्नुपर्छ । विद्यार्थी जीवनको राम्रो सदुपयोग गर्न सिक्नु्पर्छ ।

Total Page Visits: 1282 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्