Thursday, May 2Nepal News Portal
Shadow

अब हामीले पनि अवसरको सहि सदुपयोग गर्न सिक्ने पो होकी !


सुनिता बुढाथोकी ।  यो सारा संसारलाई थाहा भएकै कुरा हो । अवसर एक पटक आउछ फेरी फेरी आउदैन । त्यसैले समय हुँदा नि हामीले अवसर को महत्व बुझोर सहि सदुपयोग गर्नुपर्छ । हाम्रो जीवनमा दुःख त छ नै तर पनि हामीले अवसरको महत्व बुझ्नुपर्छ । हामीलाई आएको अवसरमा हामी कहिले पछि पर्नु हुँदैन । हामी सँधै पछि पर्छौ त केवल हामीले अवसर को महत्व नबुझेर हो । हामीले अवसर पाएको वेलामा अवसरको सदुपयोग गर्नुपर्छ । केही मान्छे यस्ता पनि हुन्छन् कि उनीहरु अवसर त पाउँछन् तर अवसरको राम्रो सदुपयोग गर्न जान्दैनन् । त्यसैले उनीहरुले जीवन भरी दुःख त गर्नु परिनैहाल्छ तर दुःख गरेतापनि मनमा शान्ति, खुशी हुँदैन ।  हामी आफ्नै टोल, छिमेक, समाज र समुदायमा एक पटक हेरौँ कोहि मान्छेसंग पैसा त हुन्छ तर उसंग दिमाग हुँदैन । कोहि मान्छे भटिमा आउँछन् । अनि उनीहरु मद्यपान , धुमपान गरेर उ पैसा सिद्याउँछन् । त्यही पैसाले केही काम गर्ने वा बैंकमा राख्ने हो भने त्यहिँबाट फाइदा हुन्थ्योकि ?रक्सि खाएर पैसा सिध्याउँनुभन्दा छोराछोरीलाई पढाउँनु पनि ठिक होला नि ।

मद्यपान, धुम्पान गरेर हामी कति पैसा सिध्याउँछौँ । तर त्यो भनेको हामीले लगानी गर्ने अवसर होनी हैन र । लगानी जेमा पनि हुन सक्छ व्यापारमा होस् पढाइमा होस् या अन्य कुनै कुरामा लगानी गर्यो भने फाइदा हुन्छ नै। हामीले मरी मरि काम गरेको हुन्छौँ तर हामी सँग त्यो पैसा आउँने वित्तिकै सिध्याउँछौ । यति मात्र अवसर हरेक ठाउँमा हुन्छ । जस्तै हाम्रै जीवनमा हेर्दा पनि हामी अहिले विद्यार्थी छौँ । विद्यार्थी हुनु भनेको हामीले पढ्न पाएको अवसर हो । नयाँ कुरा सिक्ने अवसर हो । त्यसैले हामीले आफूलाई दिएको अवसर खेर फाल्नु हुँदैन । तर मेरा कोेही साथीहरु पढ्न छाडेर खराव साथहरुको संगतमा लाग्छन् । म सोच्छु उनीहरुले पढ्न पाएको अवसरको गलत सदुपयोग गरे । उनीहरुले विद्यार्थी हुँदानै साथिहरुको संगत छाडेर पढेको भए पक्कै पनि राम्रो हुन्थ्यो होला । तर उनीहरुले त्यो बुझेनन् । उनीहरुसँग पढ्नको लागि अवसर छ भने र कहिले पनि सोचेनन् । उनीहरुले कहिले पनि सोचेनन् की मलाई आमा , बाबा ,दिदी वा दाईले पढाउन को लागि कति पैसा र्खच गर्नुभएको छ भनेर । यस्तो कुरा मेरा साथीले ले मात्र नभएर सबैले सोच्नु पर्ने हुन्छ ।

सबैले अवसरको महत्व बुझ्नुपर्छ । आएको अवसरलाई खेर जान दिनु हुँदैन । तपाईहरु पनि आजैबाट ठूलो मान्छे बनु छ भने गलत साथीको संगत छाड्नुहोस् अनि अवसरको सहि सदुपयोग गर्न सिक्नुहोस् । चाँहे त्यो पढाइमा होस् या काममा जेमा पनि आएको अवसरलाई त्यतिकै छाड्नुहुदैन ।

Total Page Visits: 1807 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्