Thursday, May 2Nepal News Portal
Shadow

आमाको माया


सुनिता बुढाथोकी । यो संसारमा सबैभन्दा प्यारो शब्द आमा हो । यो संसार पनि आमाको हातमा अडिएको छ । आमा हुनुहुन्छ भने घर नै उज्यालो लाग्छ । आमा हुनुहुन्न त संसार अध्यारो । जति खुशी नै किन नहोस् । आमा विना सबै शून्य लाग्छ ।

आमा यस्तो मान्छे हो जसले आफ्नो सन्तानको लागि आफ्नो ज्यान पनि दिन सक्छन र आफ्नो सन्तानमा केही आपत आए हटाउन पनि सक्छन् । भोकभोकै बसी आफ्ना सन्तानलाई छाती चुसाउछन् । आमाले खाएको गाँस गाँस मा सन्तानको जीन्दगी हुन्छ । नौ नौ महीना सम्म आफ्नो कोखमा राखेर यो धर्ती टेकाउछिन् । आफ्ना सन्तान वा अरुको सन्तान भन्दिनन् आमाले । सबै बच्चामा आफ्ना सन्तान देख्छिन् । हामीलाई ताते ताते भनी मीठो तोते बोली सिकाउनेनी आमा नै हो । भोक, तिर्खा र निद्रा नभनिकन आफ्ना सन्तानलाई खुवाउछिन् । आमाले आफ्ना बच्चाहरुलाई कहिले पनि नराम्रो बाटो हिड्न सिकाउदिनन् ।

यो संसारमा जहाँ हेर्यो त्यहीँ जो कोही पनि पैसाको पछि लाग्छन् । तर आफ्ना घरमा भएको आमालाई कहिले पनि सम्झिन्दैनन् । उनीहरुले सम्झिन्दैनन् ति दिनहरु जुन आमाले खाइ नखाई त्यतिको ठाउँमा पुर्याएको हुन्छ । छोराछोरी सहर बजार बस्दा आमाले बारम्बार फोन गरेर के खाइस् भनि सोधेको कुरा सम्झिन्दैनन् । उनीहरु त केबल आफ्नो बारेमा सोच्दै ठिक हुन्छ । बाआमाको बारेमा सोच्ने समय नै कहाँ हुन्छ र उनीहरुसँग !

तर यसो भनि रहदा मैले कसैले पनि आमालाई माया नै र्गदैनन् भन्न खोजेको होइन् , पैसा भन्दा नि आमालाई माथि राख्नु भन्न खोजेको मात्र हो । यो संसारमा जे पनि किनेर पाइन्छ तर आमा किनेर पाइन्न । त्यसैले आमा हुँदा नै आमाको महत्व र माया लाई बुझेर आमालाई खुसी र माया गर्नु । आमालाई जति किन नहोस् तर आफ्नो सन्तान अगाडि आएर एक चोटी हासिदिए सबै दुःख भुलेर आफ्ना सन्तानमा हराउँछिन् । अरुले जति नै माया गरुन तर आमाले गरे जस्तो हुदैन । आफ्ना आमाले एक चोटि मायाले गालि गर्दा त्यहि तितो लाग्छ । अनि रुन मन लाग्छ । आमाले अफ्ना बच्चाको लागि आफ्नो रुप बिगार्छन् । आमाको मायामा कहिले स्वार्थ लुकेको हुँदैन । आमाले गाली गरुन् वा कुटुन् आमाले जे गरेपनि माया नै हुन्छ । आमाले आफ्ना छोराछोरीलाई आफ्नो जीन्दगी मानेर बसेका हुन्छन् । तर त्यहि छोराछोरीले बुढेसकाल मा साथ नदिदा कसको चाहिँ चित्त नदुख्ला र । कुन आमाको मन नरोलार । कसैले वृदा आश्रममा राख्छन् । अनि आफू मोज गरेर बस्छन् । उनीहरुले कहिले नि सोच्दैनन् की पुथ्वी गोलो छ । अवस्य हाम्रा पनि पालो आउछ भनेर । अनि त्यो बुहारीले कहिले पनि सोच्दैन कि मेरो पनि आमा आमा हुनुहुन्छ । दाई भाई छन् । यदि दाई वा भाईले बिवाह गरेर आमालाई यस्तो गरेभने के हुन्छ होला भनेर । हाम्रो पनि छोरा वा छोरी हुन्छ । हामीलाई पनि बुढोसकालमा यस्तो गरे भने हामीलाई कस्तो हुन्छ ।

तर फेरी एकचोटि यहि संसारमा हेरौँ न कतिको आमा स्वर्ग जानु भइसक्यो होला । त्यहि पनि आफ्ना आमालाई सम्झेर कति रुन्छन् । त्यसैले आमा हुँदा नै आमाको महत्व र माया बुझेर आमा लाई खुसी राख्नु पर्छ । आमा हाम्रो लागि भगवान, संसार, सबैथोक हो । त्यसैले त आमाको माया अपार छ । उनको माया कहिल्यै मर्दैन ।

(लेखक गुहेश्वरी माध्यमिक विद्यालय कक्षा–७ मा अध्ययनरत छिन्)

Total Page Visits: 962 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्