Thursday, May 2Nepal News Portal
Shadow

बालदिवसमा लगाइएको नारा कहिले हुन्छ लागु ?


सुनिता बुढाथोकी आज भदौं २९ गते अर्थात बाल दिवस । सँधै आजकै दिनमा मनाईने दिवस विभिन्न विद्यालय वा अनाथ आश्रममा विभिन्न कायक्रम गरेर मनाइन्छ । विद्यालयमा बालदिवसको दिन वक्तृत्वकला, नाचगान तथा अन्य विभिन्न कार्यक्रम गरी मनाइने चलन छ । यसका साथै नया नया नारा समेत लगाइन्छ ।

नेपालमा राष्ट्रिय रुपमा बाल दिवस मनाउन थालेको आधा शताष्दी नाघिसकेको छ । मले सुने अनुसार शिक्षकले मलाई भनेनुसार २०२२ साल देखी चार दशकसम्म बडामहारानीको जन्मदिनको अवसर पारेर ४ भदौंमा राष्ट्रिय बालदिबस मनाउने गरिएको थियो रे । तर बाल दिवस भनेको के हो, यो किन मनाइन्छ भनेर कतिलाई थाहाँ पनि नहुँन पनि सक्छ । सामान्य भाषामा भन्दा बालदिवस भनेको वालबालिको हक अधिकार अरुले हनन नगरुन्, स्वतन्त्र रुपले बाँच्न पाउँन् भनेर चनचेतनाका लागि मनाइदै आएको एक दिवस हो ।

तर के बालबालिकाहरुले आफ्नो हक अनुसार बोल्न पाएका छन्? उनीहरुले पढ्न पाएका छन्? श्रम शोषणमा परेका छैनन् ?यस्ता प्रश्न मेरा मनमा सँधै किनकी मैले देखिरहेको हृुन्छु की बाटोमा माग्ने केटाकेटीहरु हुन्छन् । अरुको घरमा केटाकेटी नै काम गर्न बसेका हुन्छन् । थाहाँ छैन उनीहरुलाई उनीहरुको बा आमाले किन पढाइरहनु भएको छ । तर बालबालिकालाई यस्तो गर्नु गलत हो । उनीहरुलाई स्वतन्त्र रुपमा छाडिदिनुपर्छ । उनीहरुले पनि पढ्न पाउँनुपर्छ । अरुको घरमा बसेका बालबालिकाहरुले कहिल्यै पनि बालदिवस मनाउन पाउने छैनन् ।

सरकारले वर्षैैपिच्छे फरक फरक नारामा बालदिवस मनाउँछ। तर बालबालिकाका समास्या जस्ताका त्यस्तै । बालबालिकाको हक हनन भएको छ । अरुको बच्चा लिएर आफ्नो घरमा काम गर्न राख्ने र त्यो घरको छोरा वा त्यो घरको मुल मान्छेले गिद्धे नजर लगाएर हेर्छ । विद्यालय नपठाउने यदि पठायो भने पनि विद्यालय समयमा नपठाउँने, कापी किताब नकिनिदिने जस्ता समस्या मैले धेरै देखेकी छु । यति मात्र हैन घर मा काम गर्न राखेको मानिसलाई जे पायो त्यही शब्दले बोलाउने के यो सब कुरा उनीहरुको अधिकार हनन गरेर भएन र ? यस्तो सबै गरिरहदा साना साना बाल बालिकाको मनमा कस्तो असर पर्छ । उनीहरुको शारीरिक र मानसिक अवस्था कस्तो असर हुन्छ होला एकपटम सोच्नुस् त । उनीहरु आफ्ना घरपरिवार छाडेर म पढ्छु ठूलो बन्छु भनेर अरुको घरमा बस्न आएका हन्छन् तर उनीहरुले सोचेको जस्तो हुदैन ।

आज बालदिवसको दिन । खुशीयाली मनाउने दिन । बालबालिकाको हक अधिकारप्रति लड्ने दिन । आजका दिनमा विभिन्न नाराहरु लगाइन्छ । तर के त्यो नारा नारा लगाउन्जेलसम्म मात्र हो त ? नारामा उल्लेख गरिएजस्तै कुनै पनि बालबालिका आफ्ना हक अधिकारबाट बञ्चित हुन नपरोस् । आज बाल दिवसको अवसरमा मात्रै नभई म, तपाईं, सम्बन्धित निकाय र सरकार बालअधिकारप्रति सदैव संवेदनशील हौँ ।
वर्षमा एक दिनमात्र पर्ने बाल दिवसका नारालाई वर्षैभरि मनाऔँ र व्यवहारमा लागू गरौँ । उनीहरूको, हाम्रो हामी सबैको सुन्दर भविष्य निर्माणप्रति गम्भीर हुँदै जिम्मेवार र उत्तरदायी बनौँ । बालबालिकाका लागि लगानी गर्नु घर परिवार राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रको पनि दायित्व हो । हाम्रो लगानीको प्राथमिकतामा अझै पनि आशातीत रुपमा बालबालिका पर्न सकेका छैनन् किन ? म यदि भन्न चाहाछु कि पहिले जे भयो भयो तर अब को बालदिवस पछि बालबालिकाको हक अधिकार कहिल्यै हनन नहोस्, सडकका बालबालिका कहिल्यै सडकमा बस्न नपरोस् सरकार । हरेक बालबालीकाको जीवन सदैव उज्जालो छाइरहोस् सबैलाई बालदिवसको धेरै धेरै सुभकामना ।

(लेखक गुहेश्वरी माध्यमिक विद्यालय कक्षा–७ मा अध्ययनरत छिन्)

 

Total Page Visits: 808 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्