Sunday, May 19Nepal News Portal
Shadow

कपाल लामो बनाउने घरेलु उपायहरु


काठमाडौं, १९ मंसिर (ससं) । कपाल लामो बनाउन सबैलाई मनपर्छ । सबैलाई आफ्नो कपाल लामो र सुन्दर होस् भन्ने इच्छा हुन्छ । यसका लागि विभिन्न रसायन मिसाइएका सौन्दर्य प्रशाधन प्रयोग गरिन्छन् । रसायनका कारण कपाल बिग्रने गर्छ । कपाल लामो बनाउने घरेलु उपायहरुमा निम्न छनः
प्याजको रस
प्याजमा भएको सल्फरले कपालको जरालाई पोषण गर्छ । यसले कपाललाई बलियो बनाउँछ । प्याजमा भएको एन्टिब्याक्टेरियल गुणका कारण प्याजको रस कपालमा लगाउनाले झर्ने समस्या कम हुन्छ । कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन प्याजको रसबाट बनेको हेयर प्याक प्रयोग गर्न सकिन्छ ।
प्याजको रस निचोरेर टाउकामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिनु पर्छ । त्यसपछि स्याम्पूले राम्ररी कपाल सफा गर्नुपर्छ ।
प्याज र बियर
बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर कपालमा लगाउनाले कपाल बढ्छ । यसले कपालमा कन्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउन हप्ताको दुई पटक यसलाई प्रयोग गर्न सकिन्छ ।
प्याज र नरिवलको तेल
नरिवलको तेल र प्याजको रस मिसाएर लगाउनाले पनि कपाल राम्रो हुन्छ । यसले कपाललाई पोषण दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । त्यसपछि तौलियाले केहीबेर छोप्नुपर्छ । यसबाट टाउकाको मृत कोशिका हट्छन् । यसले कपाल बढाउन मद्दत गर्छ ।
प्याज र मह
कपाललाई बलियो बनाउन प्याज र महको प्याक राम्रो हुन्छ । यसका लागि सबैभन्दा पहिले प्याजको पेस्ट बनाउने त्यसमा केही थोपा मह मिसाउनुहोस् । यो पेस्टलाई कपाल कम भएको भागमा लगाउनु पर्छ । यसले कपाललाई बलियो बनाउँछ ।
प्याज र कागती
कागती र प्याजको रस प्रयोग गर्दा कपाल बढ्न मद्दत पुग्छ । कागतीको रस र प्याजको रसको मिश्रणले टाउकाको छालालाई सफा पार्छ । यसले कपाल झर्नबाट रोक्छ ।
प्याज र अण्डाको सेतो भाग
अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेका लागि प्याज र अण्डाबाट बनेको हेयर प्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउन प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । यसलाई आधा घण्टासम्म कपालमा लगाएर सेम्पू लगाएर सफा गर्नुपर्छ । प्याजको रसबाट बनेको हेयर प्याकको प्रयोगले कपाल लामो र चमकदार हुन्छ । यसबाट कपाल झर्ने समस्या कम हुन्छ । कपाल झर्न रोक्नका लागि एक पटकमा एउटा उपायको मात्र प्रयोग गर्नुपर्छ ।

Total Page Visits: 748 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्