Saturday, May 4Nepal News Portal
Shadow

सात वटै प्रदेशमा चुनिए सर्वसम्मत प्रदेश अध्यक्ष


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरूमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार समर्थित अध्यक्षहरू सर्वसम्मत निर्वाचित भएका छन्।

महासंघको कोशी प्रदेशमा राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। सुरूमा कर्णाली प्रदेशमा पदमबहादूर शाही सर्वसम्मत रूपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए।

यसैगरी, सोही समूहबाट बागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुँदा सुदूरपश्चिम प्रदेशमा शंकर बोगटी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्।

महासंघको मधेश प्रदेशमा पनि उमेश समूहबाटै अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए।

यसैगरी, गण्डकी प्रदेशमा पनि गोलाप्रथाबाट उमेशलाल श्रेष्ठ समूहकै अमृत भट्टचन अध्यक्षमा निर्वातिच भएका छन्।

महासंघको प्रदेश अधिवेशनमा ७ वटा प्रदेशमा उमेश र दिनेश श्रेष्ठ समूहले अध्यक्षमा उम्मेदवारी उठाउँदा वरिष्ठ उपाध्यक्षमा अन्य प्रत्यासीले भने आ–आफ्नो तर्फबाट उम्मेदावर उठाउन सकेका थिएनन्।

विशेषगरी जिल्ला नगरमा महासंघको प्रदेश अध्यक्षहरुको ठूलो प्रभाव भूमिका हुने भएकाले सबै प्रदेशमा उमेश समूहका अध्यक्षहरू चयन हुँदा त्यसले आगामी दिनमा हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको पकड रहेको दाबी गरेका छन्।

बिहीसम्म ७ वटै प्रदेशको नेतत्व चयन हुँदा सबै प्रदेशमा आफू समर्थित भएको उमेश श्रेष्ठको दाबी छ।

वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरको मतभार ५० % रहन्छ भने एसोसिएट्सको ३० र वस्तुगतको २० % मतभार रहन्छ। जसका कारण वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि जिल्ला नगरको ठूलो भूमिका रहन्छ।

Total Page Visits: 240 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्