Monday, May 20Nepal News Portal
Shadow

यो वर्ष आरबिबिको ब्राण्ड एम्बेसडरमा नम्रता श्रेष्ठ


काठमाडौं, पुस २२ (ससं) । राष्ट्रिय वाणिज्य बैंक (आरबिबि)ले यो वर्ष ब्राण्ड एम्बेसडरमा २०२० की मिस नेपाल नम्रता श्रेष्ठलाई नियुक्त गर्न भएको छ । बैंकको नीति अनुसार यो वर्ष ब्राण्ड एम्बेसडरमा २०२० की मिस नेपाल नम्रता श्रेष्ठलाई नियुक्त गर्ने भएको हो । आगामी शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई नयाँ ब्राण्ड एम्बेसडरको रुपमा घोषणा गरिने बैंकले जनाएको छ ।

आरबिबिले सन् २०१९ देखि मिस नेपाललाई ब्राण्ड एम्बेसडर नियुक्ति गर्दै आएको छ । पहिलो वर्ष २०१९ मा २०१८ कि मिस नेपाल श्रंखला खतिवडा, दोस्रो वर्ष २०२० मा २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ बैंकको ब्राण्ड एम्बेसडर भएका थिन भने २०२१ का लागि २०२० की मिस नेपाल नम्रता श्रेष्ठ ब्राण्ड एम्बेसडरमा नियुक्त हुने छिन् ।

Total Page Visits: 584 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्