Monday, May 20Nepal News Portal
Shadow

इन्डोनेशियामा शक्तिशाली भूकम्प


एजेन्सी
इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ भने भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको छन् ।

यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर छाडेका छन् । मेजिनको उत्तरतर्फ अस्पताल भवन भत्कदाँ दर्जनौं बिरामी र कर्मचारीहरु भग्नावशेषमै पुरिएका छन् ।

अनलाईनमा पोस्ट गरिएका तस्विर र भिडियोले क्षतिग्रस्त भवन र ध्वस्त संरचनामा पुरिएकाहरुको अवस्था देखाउँछ । भूकम्पका कारण विद्युतको आपूर्ति बन्द भएको तथा पश्चिम सुलावेसीस्थित एक होटल र गर्भनरको कार्यालयमा ठूलो क्षति भएको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।

Total Page Visits: 528 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्