Monday, May 20Nepal News Portal
Shadow

थप ५ देशसँग श्रम सम्झौता गरिने


काठमाडौं । नेपालले हाल कतार, यूएई, दक्षिण कोरिया, बहराइन, जापान, इजरायल, जोर्डन, मलेसिया, मौरिसस, बेलायतसँग द्वीपक्षीय श्रम सम्झौता गरेको छ । अब थप ५ मुलुकसँग चाडै नै सम्झौता गरिने मन्त्रालयले जनाएको छ ।

यी देशहरुसँग सम्झौताको मस्यौदा आदानप्रदान भइसकेको र दुवै पक्षबीच छलफलपछि अन्तिम रुप दिन लागिएको छ ।

सरकारले नयाँ नयाँ मुलुकको खोजी गर्दै ती देशहरुसँग दुई पक्षीय श्रम सम्झौता गर्ने रणनीति ल्याएको छ । हाल श्रम सम्झौता गरेका मुलुकहरुसँग पनि संशोधन गरेर समयसापेक्ष बनाउँदै लगिने बताइएको छ ।

Total Page Visits: 146 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्