Monday, May 20Nepal News Portal
Shadow

‘संविधान विपरित कोही जानु हुँदैन’ : कांग्रेस नेता रिजाल


काठमाडौं, (ससं) । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संविधानलाई ट्रयाक मा ल्याएर मात्र निर्वाचनमा जानु पर्ने बताएका छन्। काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक चुनौती र अवसर: कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा नेता रिजालले देश चुनावमा गइसके पनि जुनसुकै बाटोबाट चुनावमा जाँदा संविधानलाई अप्ठ्यारो पर्ने बताएका हुन् । देश चुनावमा गइसक्यो तर संविधानलाई ट्रयाकमा नल्याइ चुनावमा जाँदा अप्ठ्यारो आउँछ। महत्वकांक्षाहरु पलाउँछन् उनले भने, संविधान विपरित कोही जानु हुँदैन।
प्रतिनिधिसभा विघटन नेकपा भित्रको आन्तरिक विवादका कारण भएको उनले बताएका छन् । कांग्रेस भित्र पनि सभापतिले चुनाव भन्ने र वरिष्ठ नेताले संसद पुनर्स्थापना भन्ने अवस्था आएको बताउँदै उनले पहिले संविधानलाई ठिक बाटोमा ल्याएपछि सबै कुरा समाधान हुनेमा जोड दिएका छन् ।
संसद पुनस्स्थापना हुनुपर्ने बताउँदै उनले त्यसपछिको ६ महिनामा चुनावी सरकार बनाउनु पर्नेमा समेत जोड दिएका छन्।

Total Page Visits: 515 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्