Monday, May 20Nepal News Portal
Shadow

कोठीबाटै थाहा पाउनुहोस् आफ्नो भाग्य, यी स्थानमा कोठी हुने महिला हुन्छन् साहै् भाग्यमानी !


काठमाडौं, (ससं) । मानिसका बिभिन्न ठाउमा कोठी हुन्छन् । हाम्रो शरीरमा भएका कोठीले बिभिन्न अर्थ दिने गर्दछ । केही मानिसहरुलाई शरिरको यो कोठी निकै राम्रो लाग्छ भने कतिलाई यस्तो कोठी घृणा लाग्छन् ।

तर कोठी कुन स्थानमा हुन्छ, त्यसले भाग्यलाई पनि दर्साउँछ । ज्योतिषको आधारमा यी ठाउमा कोठी हुनु भाग्यको प्रतिक मानिन्छ ।

१. हत्केलाको कोठी

हातको कोठी हुनु निकै शुभ र राम्रो मानिन्छ । ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने । यस्ता मानिसको जीवनयापन निकै राम्रो तरिकाले हुनुका साथै निकै धनवान पनि हुन्छन् । विवाह पछि यस्ता मानिसलाई ससुराली र घरमा पनि निकै सम्मान मिल्ने गर्दछ ।

२. नाकमा कोठी

नाकमा कोठी भएका मानिसहरु निकै नखरा गर्ने किसिमका भएपनि उनीहरुको मन निकै कमलो, राम्रो र सच्चा हुन्छ । यसका साथै यस्ता मानिसहरुले आफ्नो करियरमा निकै प्रगती गर्ने गर्दछन् । प्रगती ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।

३. चिउँडोमा कोठी

चिउँडोमा कोठी हुनु शुभ संकेत मानिन्छ । यस्ता मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ । जो मानिसहरुको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरुको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ । साथै यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन् ।

४. पिठ्युँमा कोठी

जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ, उनीहरु निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन् । पिठ्युँमा कोठी हुनेहरुलाई उनका सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरु सबैसँग सुखी हुन्छन् ।

Total Page Visits: 1531 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्