Monday, May 20Nepal News Portal
Shadow

‘क्लब हाउस’मा नेपाली उद्योगी/व्यवसायी र बैंकर प्रवेश


काठमाडौं । अडियोमा आधारित सामाजिक सञ्जाल ‘क्लब हाउस’मा नेपाली उद्योगी, व्यवसायी तथा बैंकर्सले पनि प्रवेश गरेका छन् । केही हप्तादेखि ट्रेन्डिङमा रहेको अडिओ प्लेट फर्म क्लबहाउमा विभिन्न नेपाली उद्योगी, व्यवसायी, बैंकर तथा सेलीब्रेटीहरुले प्रवेश गरेका हुन् ।
फेसबुक फाउण्डर मार्क जुकरवर्ग, टेस्लाका इलन मस्क लगायत चर्चित व्यक्तीहरुले पनि क्लव हाउसमा प्रवेश गरेसँगै अहिले यो एपको चर्चा एकाएक बढेको छ । नेपाली उद्योगी, व्यवसायी तथा बैंकरहरु पनि यसबाट टाढा रहन सकेनन् । फलस्वरुप यो एपले उनीहरुलाई आफुतर्फ आकर्षित गर्न सफल भयो ।

उद्योगी निर्माण चौधरी, शौरभ ज्योतीदेखि सेलिबे्रेटी बैंकरका रुपमा परिचित अनिल केशरी शाहले पनि यो एपमा आफ्नो प्रवेश दर्ज गरेका छन् । धेरै उद्योगी व्यवसाय तथा बैंकहरु यो एपमा प्रवेश गरिरहेका छन् ।

Total Page Visits: 756 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्