Monday, May 20Nepal News Portal
Shadow

रिलायन्स फाइनान्स लिमिटेड ३ करोड ८४ लाखभन्दा बढी नोक्सानीमा


काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्म रू। ३ करोड ८४ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. २ करोड ४७ लाखभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष इम्पेरमेन्ट चार्ज बढी हुँदा खुद नोक्सानीमा गईरहेको हो ।

गत वर्ष रू। करिब ३ करोड सम्म रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ४ करोड ९९ लाखभन्दा बढी रहेको छ। गत वर्ष रू. ३ करोड ५४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनी यस वर्ष ३ करोड ८४ लाखभन्दा बढी सञ्चालन नोक्सानीमा गएको हो ।

अहिले कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ५ करोड ३० लाख ६ हजार रहेको छ । शेयर प्रिमियममा रू. ११ लाखभन्दा बढी रिटेन्ड अर्निग रू। २ करोडभन्दा बढी र जगेडा कोष रकम रू.२० करोडभन्दा बढी रहेको छ । कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू। ६ अर्ब ५८ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।

यस कम्पनीले ५ अर्ब २७ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ३ दशमलव १९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ८९ प्रतिशत पुगेको छ । वार्षिक रू. ४६ दशमलव ८३ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२१ दमलव १७ रहेको छ ।

Total Page Visits: 284 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्