Friday, May 17Nepal News Portal
Shadow

राष्ट्र बैंकले २८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल २८ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० बैशाख १९ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० असार १९ गते, १८२ दिन अवधिको २०८० असोज १६ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० चैत २० गते परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ११ अर्ब ५० करोड २५ लाख रुपैयाँ, १८२ दिन अवधिको ६० करोड रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २२ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

Total Page Visits: 170 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्