Sunday, April 28Nepal News Portal
Shadow

१६.९६ अंकले घट्यो नेप्से


काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा रोकिएको हो ।

आज नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने वृद्धि भएको छ । आज २६३ धितोपत्रको २७ लाख ८८ हजार ८१५ कित्ता ९० करोड पाँच लाख ६३ हजार रुपैयाँमा खरिद–बिक्री भएको छ ।

गत साताको अन्तिम करोबार दिन ५७ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ६६ रुपैयाँ १० पैसा वृद्धि भएर ७२१ रुपैयाँ १० पैसा कायम भएको छ ।

त्यस्तै, राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.३७ प्रतिशतले घटेर ६०३ रुपैयाँ कायम भएको छ । सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री नागरिक लगानी कोषको भएको छ । यो कम्पनीको ५ करोड ३५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये लगानी समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । लगानी समूहको परिसूचक १.१३ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ ।

Total Page Visits: 114 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्