Thursday, May 16Nepal News Portal
Shadow

बालेनको सपना साकार हुने, नदी किनारमा बसोबास गर्ने सुकुम्बासीलाई हटाइने


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह को सपना साकार हुने भएको छ । सरकारले नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई हटाउने नीति लिए सगैँ बालेनको सपना साकार हुने भएको हो ।

शुक्रबार (आज) राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष (आव)को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने बताएका हुन् ।

उनले भने, “काठमाडौं उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी अतिक्रमितभूमि खाली गराइने छ । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न ठूला सहरमा फोहोरमैलाको दिगो र भरपर्दो व्यवस्थापनका लागि नीतिगत र संस्थागत व्यवस्था गरिनेछ ।”

Total Page Visits: 150 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्