Tuesday, May 14Nepal News Portal
Shadow

प्रहरीमा आफैं पुगिन् श्रीमती श्रीमानको हत्या गरी


काठमाडौं, पुस १४ (ससं) । रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरी प्रहरीमा पुगेकी छिन्। आइतबार बेलुका उनी ‘मैंले श्रीमानको हत्या गरेँ’ भन्दै प्रहरीमा पुगेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उनी चक्कुसहित प्रहरी कार्यालय पुगेकी हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुसीकोट नगरपालिका–८, किटनीकी ५० वर्षीया डल्ली बुढा आइतबार बेलुका जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्।
उनी प्रहरी कार्यालयमा पुगेलगत्तै घटनास्थलतर्फ गएको प्रहरी टोलीले उनका श्रीमान चित्रबहादुर थापाको शव घरमा भेट्टाएको थियो। घटना आइतबार बिहान ४ बजेतिर भएको भए पनि मुचुल्का उठाएर सदरमुकाम ल्याउन राति ९ बजेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार डल्ली चित्रबहादुरकी कान्छी श्रीमती हुन्। बिहान उठेपछि दुबै जनाबीच विवाद सुरू भएको र विवाद बढ्दै जाँदा श्रीमतीले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको बताएको छ ।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

Total Page Visits: 478 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्