Sunday, May 19Nepal News Portal
Shadow

कोरोना महामारीका कारण अस्ट्रिच मासु उद्योगलाई ५ करोड भन्दा बढी नोक्सान


काठमाडौं, पुस १६ (ससं) । कोरोना महामारीका कारण लामो समय होटेल-रेष्टुेन्ट व्यवसाय बन्द हुँदा अस्ट्रिच चरा पालन र मासु उत्पादन गर्ने नेपालकै एकमात्र उद्योग अस्ट्रिच नेपाल प्रालिले पाँच करोड रुपैयाँ बढी नोक्सानी ब्यहोरेको छ ।

प्रालिले रुपन्देहीको तिलोत्तमा मधवलियामा २२ बिघा क्षेत्रफलमा चार हजार बढी अस्ट्रिच चरा पालेको छ । फार्ममा बैंकहरुको मात्र डेढ अर्ब बढी लगानी भएको छ ।

लकडाउनले होटेल-रेष्टुेन्ट नखुल्दा मासु उत्पादन र बिक्री गर्न नपाउँदा ६ महिनाको अवधिमा पाँच करोड बढी नोक्सानी ब्यहोर्नुपरेको हो ।

प्रालिले उत्पादन गर्ने मासुको अधिकांश हिस्सा पर्यटक स्तरका होटेलमा खपत हुने गर्छ । मासु बिक्री नभएपछि मासु उत्पादनका लागि तयार भएका अस्ट्रिचलाई दाना खुवाएर पाल्नुपर्दा थप नोक्सानी भएको हो।

अस्ट्रिचको मासु हाडसहितको प्रतिकिलो १४ सय ५० र हाडरहित प्रतिकिलो १९ सय ५० रुपैयाँ मूल्यमा बिक्री हुन्छ ।
बिगत वर्षको तुलनामा ८० प्रतिशत उत्पादन र बिक्री घटेको प्रालिले बताको छ । एउटा अस्ट्रिचबाट सरदर एक सय केजी मासु उत्पादन हुने गर्छ । दैनिक एक हजार क्वीन्टल मासु बिक्री हुने गरेकोमा लकडाउनका कारण बजारमा गएको मासुसमेत फिर्ता आएको प्रालिका कर्मचारी बताउँछन् ।

‘प्रालिले आफ्नै प्रशोधन उद्योगबाट अस्ट्रिच चराको मासु उत्पादन र प्याकेजिङ गरी देशभर पठाउने गर्छ । कोलेस्टोरको मात्रा निकै कम, बोसो नहुने र भिटामिन प्रशस्त पाइने भएकाले अस्ट्रिचको मासु अन्य मासुभन्दा स्वस्थवर्धक हुने डाक्टरहरु बताउँछन् ।

उच्च रक्तचाप, मुटुका रोगीहरूलाई पनि अस्ट्रिचको मासु लाभदायक हुने डाक्टरहरू बताउँछन् । अस्ट्रिचको मासु तयार गरी १८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।

कात्तिकबाट मासु उद्योग सञ्चालनमा आएको र बिस्तारै बिक्रीले लय समाउन थालेको प्रालिले जनाएको छ । कच्चा पदार्थ आयातमा समस्या हुँदा आवश्यक मात्रामा दाना उत्पादन पनि गर्न नसक्दा उत्पादकत्व पनि घटेको प्रालिले जनाएको छ ।

Total Page Visits: 677 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्