Friday, May 10Nepal News Portal
Shadow

असारभित्र ब्याज भुक्तानी गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकले छुट दिने


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै विशेष छुट योजना ल्याएको छ । बैंकले यहि असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने निर्णय गरेको हो ।

ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरड्यु, नर्मल र पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिनेछ । ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता/जम्मा गरिनेछ ।

बैंकले बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २ सय ७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, २ सय ६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा रहेका छन ।

Total Page Visits: 139 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्