Sunday, May 19Nepal News Portal
Shadow

२४ घण्टामा थप २४० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, (ससं) । पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ५८ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ८ हजार ९४४ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ जना रहेको छ ।

Total Page Visits: 391 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्