Sunday, May 12Nepal News Portal
Shadow

शेयर बजारमा बन्दको प्रभाव देखिएन, परिसूचकसँगै कारोबार रकममा पनि उछाल


काठमाडौं, (ससं) । बिहीबार (आज) प्रचण्ड–माधव समूहले देशव्यापी रुपमा गरेको आम हड्तालको प्रभाव विभिन्न क्षेत्रमा देखिएको भएपनि शेयर कारोबारमा भने प्रभाव देखिएन् । आज अन्य सामान्य दिनमा झै साताको अन्तिम कारोबार दिनमा पनि कारोबार भयो । आमहड्तालकै दिन नेप्से परिसूचक भने ८.३४ अंकले वृद्धि भई २४७५.२६ विन्दुमा रोकिएको छ । अनलाइनबाट शेयर कारोबार गर्न थालेपछि लगानीकर्तालाई बन्द र हट्तालले खासै फरक नपारेको अनुमान छ ।

आज २०१ कम्पनीको ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँमा १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २७ करोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार ५९३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक शेयर मूल्य वृद्धि सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज यो कम्पनीको शेयर मूल्य १ हजार ९२५ रुपैयाँ कायम भएको छ । त्यसैगरी अन्य १४ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आज कारोबारमा आएका ६ वटा समूहको परिसूचक घटेको छ भने ६ वटा समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ ।

Total Page Visits: 452 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्