Friday, May 17Nepal News Portal
Shadow

इटहरीको पीपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु


काठमाडौं, (ससं) । इटहरीको पीपलचोकमा शुक्रबार (२३गते) अपराह्न मोटरसाइकल दुर्घटना हुँदा बाबु छोराको मृत्यु भएको छ ।

धरानबाट इटहरी जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा ५ वर्षीय छोरा नुरजंग मल्ल र बाबु ८२ वर्षीय कुबेरबहादु मल्ल को मृत्यु भएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कोसी राजमार्गको इटहरी वडा नम्बर २ पिपलचोकमा दिउँसो साढे २ बजेतिर मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उदयपुर रुपाटार वडा नम्बर २ घर भइ हाल इटहरी–८ मा बसोबास गर्ने बाबुछोरोको उपचारका क्रममै मृत्यु भएको हो । दुर्घटना हुँदा गम्भीर घाइते भएका दुबैलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारको क्रममा दुबैको केही समयमै मृत्यु भएको पुष्टि भएको छ ।

Total Page Visits: 529 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्