Sunday, May 19Nepal News Portal
Shadow

एसबी सोलुसन र डिजि हबबीच सम्झौता


काठमाडौं, (ससं) । एसबी सोलुसन प्राइभेट लिमिटेड र डिजि हब प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । लगानी र सहकार्यका लागि एसबी सोलुसन तथा डिजि हबबीच सम्झौता भएको हो । उक्त सम्झौता एसबी सोलुसनका अध्यक्ष र डिजि हबका प्रबन्ध निर्देशकबीच भएको हो ।

कम्पनीका अनुसार क्रेडिट र लेन्डिङ प्लेटफर्मलाई डिजिटाइज गर्ने लक्ष्यका साथ सहकार्य भएको छ । लेन्डिङ क्षेत्रमा डिजिटलाइज गर्न एसबी सोलुसनले ‘क्रेडिट एक्स प्रो’ भन्ने लोन अटोमेसन प्रणालीको विकास गरेको छ ।

डिजि हबसँग सहकार्य गरेर एसबी सोलुसन निरन्तर रुपमा क्रेडिट अटोमेसन, माइक्रो लेन्डिङ, लोन प्लेटफर्म, ओपन बैंकिङको क्षेत्रहरुमा काम गरिरहने दाबी गरेको छ । एसबी सोलुसनको क्रेडिट एक्स प्रयोग गरिरहेका बैंक तथा वित्तिय संस्थाहरुले पनि थप एपीआई इन्टिग्रेसन र नेटवर्क कनेक्सनको सुविधा पाउनेछन् ।

डिजि हब प्रालिले बैंक तथा वित्तिय संस्थाहरुलाई एण्ड टू एण्ड फिनटेक सोलुसन पनि प्रदान गर्ने गर्छ । डिजि हबले डिजिटल नेपालको भिजनलाई साकार पार्नका लागी काम गरिरहेको छ ।

Total Page Visits: 558 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्