Sunday, May 19Nepal News Portal
Shadow

श्रीमतीलाई दिसा खुवाउँने श्रीमानसहित सात जना पक्राउ


हुम्ला, १८ असोज (ससं) । आफ्नै श्रीमतीलाई दिशा खुवाएर गाउँ डुलाउने श्रीमानसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पर–पुरुषसँग सम्बन्ध राखेको आरोपमा हुम्लामा श्रीमतीको कपाल मुडेर कालोमोसो दली दिसा खुवाएर गाउँ डुलाएका थिए ।

सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार भएको यो घटनामा संलग्न रहेका सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिए।

Total Page Visits: 762 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्