Sunday, May 19Nepal News Portal
Shadow

अमेरिकी डलरको सटही दर बढ्यो



काठमाडौं।आज अमेरिकी डलरको सटही दर बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा विनिमय दरअनुसार सोमबारको तुलनामा मंगलबार सटही दर बढेको हो।

मंगलबारका लागि राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री १३३ रुपैयाँ ८९ पैसा तोकेको छ। यसअघि सोमबार खरिद १३३ रुपैयाँ १८ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको थियो।

त्यस्तै युरोको सटही दर पनि मंगलबार बढेको छ। मंगलबारका लागि युरोको खरिद दर १४३ रुपैयाँ ६१ पैसा तथा बिक्री दर १४४ रुपैयाँ २५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सोमबार युरोको खरिद १४३ रुपैयाँ ३० पैसा तथा बिक्री १४३ रुपैयाँ ९५ पैसा रहेको थियो। मंगलबार पाउन्ड स्टर्लिङको सटही दर पनि बढेको राष्ट्र बैंकले बताएको छ।

Total Page Visits: 59 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्