Sunday, May 12Nepal News Portal
Shadow

काठमाडौं आइपुगे विप्लव


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आएका छन् ।
उनी आजै बिहान नवलपुरमा सार्वजनिक भएका हुन् । विप्लव पश्चिम नेपाल रोल्पाबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए।
अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी बिहानै हिँडेका उनी काठमाडौँ आइपुगेका छन् ।
उनले आजै दिउँसो राष्ट्रिय सभामा आयोजित समारोह सम्बोधन गर्नेछन् । सभामा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्नेछन् ।
सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता समेत गर्नेछन् ।

Total Page Visits: 554 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्