Tuesday, May 14Nepal News Portal
Shadow

चाया परेर हैरान हुनुहुन्छ? यस्ता छन् चाया फाल्ने घरेलु उपाय


काठमाडौं,(ससं) । प्राय सबै मानिसको टाउमा चाया हुन्छ । चाया नभएको मान्छे एक दुई मात्र होला । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ ।

चाया के कारणले आउछ ?
१. दिनहुँ श्याम्पू परिवर्तन गर्नु र केमिकल युक्त श्याम्पूको प्रयोगले टाउकोको त्वचामा असर पर्छ, जसको कारणले चायाको समस्या उत्पन्न हुन्छ ।
२. टाउकोमा तेल रहँदा टाउकोको त्वचा चिल्लो हुन्छ, जसको कारणले कपालमा फोहोर जम्मा हुन्छ र यहीँ फोहोरले नै चायाको समस्या निम्त्याउँछ । यो फोहोरको कारणले कपाल झर्न शुरू हुन्छ । कपालमा चायाको समस्या उत्पन्न हुन्छ ।

चाया हटाउने घरेलु तरिका
१. एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५÷२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया कम हुन्छ ।
२. अमिलो दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया घट्छ ।
३. रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।
४. करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।
५. दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया कम हुन्छ ।
६. नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।
७. एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ ।

Total Page Visits: 1555 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्