Wednesday, May 15Nepal News Portal
Shadow

ह्युमानिटी फाउण्डेसनद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग


उद्योग न्युज संवाददाता
काठमाडौं । अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिमका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । फाउण्डेसनले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई नेपालगञ्जबाट खरिद गरेर ल्याइएका १०० थान र अन्य अस्पतालहरुलाई पनि अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो ।

सुदूर पश्चिमका अस्पतालहरुमा उपचाररत संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउने क्रम तिब्र छ । फाउण्डेसनले पहिलो चरणमा सरकारी अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने अभियानअन्तर्गत सेती प्रादेशिक अस्पताललाई १०० थान सिलिण्डिर, महाकाली अस्पताललाई ४१ थान सिलिण्डर र डडेल्धुरालाई १० थान अक्सिजनका सिलिण्डर उपलब्ध गराएको हो ।

Total Page Visits: 576 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्