Saturday, May 11Nepal News Portal
Shadow

रिलायन्स लाइफ इन्स्योरेन्समा शाखा प्रमुख पदमा जागिर खुल्यो


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स देशका विभिन्न स्थानमा रहेका २२ वटा शाखा तथा उपशाखाहरुका लागि शाखा प्रमुखमा जागिर खुलेको छ ।

कम्पनीले प्रदेश १ का धुलाबारी, पथरी, सुरुङ्गा, विराटचोक, रंगेली, दुहबी, खाँदबारी, गौरादह र खाँदबारी शाखामा शाखा प्रमुखका लागिआवेदन खुला गरेको हो।

यसैगरी प्रदेश २ को जलेश्वर र यधुकोहा, बागमती प्रदेशको हाकिमचोक भरतपुर तथा गण्डकी प्रदेशको बिरौटा पोखरास्थित शाखाका लागि पनि शाखा प्रमुखको आवेदन खोलेको छ।
कम्पनीको लुम्बिनी प्रदेशका भने बर्दघाट, सन्धिखर्क, मणिग्राम, श्रीनगर, लिवाङ र भालुवाङ शाखामा पनि शाखा प्रमुख आवेदन दिन सकिनेछ। कर्णाली प्रदेशको मेहलकुना तथा सुदूरपश्चिम प्रदेशको झलरी र भजनी शाखामा शाखा प्रमुखका लागि कम्पनीले आवेदन खोलेको छ।

शाखा प्रमुख आवेदन दिन इच्छुक उम्मेदवारले कम्तीमा पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

इच्छुक उम्मेदवार यो सूचना प्रकाशित भएको ७ दिनभित्र [email protected] मा निवेदन पठाउन कम्पनीले आग्रह गरेको छ। निवेदनमा आफूले आवेदन दिन चाहेको शाखा र उपशाखा खुलाउन पनि कम्पनीले अनुरोध गरेको छ।

Total Page Visits: 1317 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्