Friday, May 3Nepal News Portal
Shadow

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि


काठमाडौं । सरकारले लामो दुरीमा चल्ने यात्रुबाहक र अन्य सवारीको भाडादर बढाएको छ । असार २९ गतेदेखि नै लागु हुने गरी २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको हो । ​पेट्रोलियम पदार्थ र गाडीका पार्ट पूर्जाको मूल्यवृद्धिलाई मूख्य आधार बनाएर तीन स्तरमा भाडा बढाइएको बताइएको छ ।

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको बताइएको छ ।

जसमा सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतसम्म भाडा वृद्धि गगरेको छ ।

Total Page Visits: 953 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्