Sunday, May 19Nepal News Portal
Shadow

धितोपत्र बोर्ड अध्यक्षलाई निलम्बन गर्न माग


काठमाडौं, १७ साउन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गर्न बोर्डको कर्मचारी संगठनले माग गरेको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गरी कारबाही गर्न माग गरेको हो । पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा भेटिएको छ । बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरित छोरीको नाममा सेयर किनेको भनेर चर्को विरोध भइरहेको छ । कतिपयले बोर्ड अध्यक्षले ‘गोल्डेन सेयर’ लिएको समेत आरोप लगाएका छन् ।

यो विषय बाहिर आएपछि बोर्ड र अध्यक्षको प्रतिष्ठामा नै आँच आएको भन्दै कर्मचारी युनियनले कारबाही गर्न माग गरेका हुन् । यो घटनापछि अर्थमन्त्रालयले बोर्डको नाममा पत्राचार गर्दै ३ दिनभित्र स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सोधेको स्पष्टीकरण पत्रमा व्यक्तिको नाम उल्लेख नगरी कार्यालयको नाममात्रै उल्लेख गरेको छ । युनियनले अर्थमन्त्रालयको पत्रमा समेत आपत्ति जनाएको छ ।

No description available.

Total Page Visits: 1543 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्