Monday, May 13Nepal News Portal
Shadow

ङादी ग्रुप पावरद्वारा हालसम्मकै उच्च अंकमा लाभांश प्रस्ताव


काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साउन ३१ गतेको सञ्चालन समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस अघि कम्पनीले १०.५३ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।

यस वर्ष हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको कम्पनीले बोनस पछि कायम चुक्तापूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर वितरण गर्ने निर्णय समेत गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

कम्पनीले विक्री गर्ने निर्णय गरेको हकप्रद शेयर भने आगामी वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकायले स्वीकृति दिएपछि मात्र सार्वजनिक निष्कासनमा आउनेछ ।

हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ९१ लाख १० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम १३ करोड ६३ लाख ३ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिसम्म कम्पनीले १२ करोड २७ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

Total Page Visits: 635 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्