Monday, May 20Nepal News Portal
Shadow

काठमाडौं विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा रक्तदान कार्यक्रमको आयोजना


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज २० र २४ वडा नगर समितिको संयोजन तथा व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा शुक्रबार काठमाडौं विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूद्वारा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार र महानगरीय प्रहरी वृत्तका प्रमुख डि.एस.पी. डिलबहादुर मल्लसमेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला तथा पुरूष गरि ४१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको संयोजन नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितले गरेका थिए । त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष सुरेश सिलाकारले सभापतित्वको भूमिका निर्वाह गरेका थिए । साथै कार्यक्रमको संयोजकमा काठमाडौं विश्वविद्यालयमा अध्ययनरत छात्रा युनिशा महर्जन रहेकी थिइन् ।

Total Page Visits: 1026 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्