Tuesday, May 14Nepal News Portal
Shadow

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ आजदेखि विक्री खुला


काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सोमबार (आज) देखि सर्वसाधारणलाई आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणमा कुल रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ भने बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई निष्कासन गर्ने छ ।

यो आईपीओमा आवेदन दिने मिति छिटोमा असोज १४ गतेसम्म रहेको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २५ गतेसम्म विक्री खुला गरिने कम्पनीले जनाएकोे छ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Total Page Visits: 472 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्