Wednesday, May 15Nepal News Portal
Shadow

हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु


काठमाडौं ।आइतबार (हिजो)देखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ ।

मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएको हो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको छ।

यद्यपि मौसम प्रतिकूल भएकाले खोज्न कठिन भएको प्रजिअ शर्माले बताए । ‘पूरै बादलले ढाकेको छ, तत्काल खुल्ने सम्भावना कम छ,’ उनले भने, ‘यद्यपि हेलिकोप्टर र पैदल दुवै तर्फबाट खोजी सुरु गरिएको छ ।’

 

उनका अनुसार नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मानापाथी हिमालतर्फ र नेपाली सेनाको अर्को एउटा टोली निलगिरि हिमालतर्फ खोज्न गएको प्रजिअ शर्माले जानकारी दिए ।

उनका अनुसार एउटा हेलिकोप्टर आज बिहान ५ बजेतिर नै उडिसकेको छ । अर्को एउटा हेलिकोप्टर पनि उडाउने तयारी गरिएको छ ।

Total Page Visits: 581 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्