Friday, May 10Nepal News Portal
Shadow

एनआईसी एशिया बैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार २ दिनसम्म बन्द हुने


काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार २ दिन अवरुद्ध हुने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राती देखि आइतबार राती १२२ बजेससम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जानकारी दिएको हो ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘यस बैंकको कार्ड सेवा (डेबिटरक्रेडिटरप्रिपेड) को स्विच अपग्रेशन/माइग्रेशन गर्नु पर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम/पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ ।’

कार्ड सम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवकाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने बैंकले जानकारी दिएको छ ।

बैंकले आफूले गर्न लागेकोयस प्रकारको अपग्रेडका कारण ग्राहकहरुमा पर्न गएको असुविधा प्रति क्षमा याचना गरेको छ । त्यसैगरी सो बैंकले यसबारे थप जानकारीका लागि भन्दै सम्पर्क नम्बरहरुसमेत उपलब्ध गराएको छ । त्यसबाहेक बैंकका हाखा प्रबन्धकहरुसँग सम्पर्ब गरेर परेका अप्ठ्याराहरुमा सहजता खोज्न सकिने पनि बैंकले जानकारी दिएको हो ।

Total Page Visits: 158 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्